युनिलिभर नेपालको हालसम्मकै सर्वाधिक लाभांश घोषणा

0
Shares

नेपाली सेयर बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडले हालसम्मकै धेरै लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालसम्मकै उच्च दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको यो लाभांश हालसम्मकै सर्वाधिक हो । कम्पनीले सञ्चालनको ३० वर्ष पुगेको खुशियालीमा कम्पनीले सर्वाधिक लाभांश वितरण गर्ने घोषणा गरेको जनाएको छ ।

पछिल्ला १३ वर्ष अवधिमा यसअघि कम्पनीले आव २०७३।७४ बाट १ हजार २७० प्रतिशत लाभांश वितरण गरेको थियो । उत्पादनमुलक समुहमा सूचीकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य हाल धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ३७ हजार ५०० रुपैयाँ रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मङ्सिर १२ गते मंगलबारदेखि मङ्सिर २६ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।बुकक्लोज अनुसार मंसिर ११ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभाबाट लाभांश पारित भएको ४५ दिनभित्र लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

यस्तो छ युनिलिभरको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 0.00 1580.00 1580.00
2 2078/2079 0.00 1215.00 1215.00
3 2077/2078 0.00 650.00 650.00
4 2076/2077 0.00 100.00 100.00
5 2075/2076 0.00 770.00 770.00
6 2074/2075 0.00 700.00 700.00
7 2073/2074 0.00 1270.00 1270.00
8 2072/2073 0.00 1020.00 1020.00
9 2071/2072 0.00 990.00 990.00
10 2070/2071 0.00 860.00 860.00
11 2069/2070 0.00 760.00 760.00
12 2068/2069 0.00 680.00 680.00
13 2066/2067 0.00 590.00 590.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।