एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र ग्रोथ फन्डको प्रतिफल घोषणा

0
Shares

एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डको प्रतिफल (नगद लाभांश) प्रस्ताव भएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुबै योजनाको प्रतिफल असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो ।

बैठकले आव २०७९/८० को एनआईसी एशिया ब्यालेन्स्ड फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत तथा एनआईसी एशिया ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आव २०७८/७९ बाट एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्ड दुबैका इकाईधनीले करसहित समान १० प्रतिशतका दरले प्रतिफल पाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।