उन्नति सहकार्य लघुवित्तलाई एफपीओ बिक्री गर्न स्वीकृति

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन ( एफपीओ) जारी गर्न स्वीकृति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असोज २६ गते शुक्रबार लघुवित्त कम्पनीलाई एफपीओ बिक्री गर्न अनुमति पाएको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी दिए ।

बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति दिएको हो ।  कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा एफपीओ निष्काशन गर्नेछ ।

उन्नति लघुवित्त वित्तीय संस्थाले सहकार्य लघुवित्तलाई प्राप्ती गरेपछि एफपीओ निष्कासन गर्न लागेको हो । सहकार्य लघुवित्त प्राप्तीपछि उन्नतिको संस्थापक साधारण सेयर अनुपात नमिलेपछि कम्पनीले एफपीओ जारी गरेर अनुपात मिलाउन लागेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकको स्वीकृत बमोजिम सर्वसाधारणहरुमा एफपीओ गर्न लागेको हो । यस्तै कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नुका साथै जारी पुँजी बढाउन एफपीओ जारी गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।