अनलाईन डेलिभरीका लागि छिटा, छरितो र भरपर्दो फेब बड

0
Shares

अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो ।  डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउनु सक्नेछन् । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिन सक्नेछन् ।

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछौँ । जुन दुवै तिर वास्तविक समय ट्राकिङ्गको साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अन डेलिभरी लगयत विभिन्न सेवा प्रदान गर्दछ ।

फेब बड कसरी प्रयोग गर्ने ?

फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि तँपाईले प्लेस्टोरबाट फ्याब बर्ड एप डाउनलोड गर्नुहोस् र तपाईंको खाता दर्ता गर्नुहोस् । खाता दर्ता गरेपश्चात तँपाईले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुहोस् । जसका लागि पिकअप र ड्रप सिर्जना गर्ने, समर्पित डेलिभरी सवार बुक गर्ने, कुनै पनि स्टोरबाट खरीद गरीसकेपछि नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछज् । त्यसपछि ग्राहकको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पु¥याउनेछ । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ । फेब बड तपाईंका अर्डरहरू कुनै पनि समयमा भनेको ठाउँमा उचित शुल्कका साथ डेलिभर गर्न सधै तयार रहन्छ ।

फेब बडका विशेषताहरु

१. फास्ट डेलिभरी
२. वास्तविक समय ट्रयाकिङ्ग
३. वितरण अनुसूची हेर्न मिल्ने
४.क्यास अन डेलिभरी सेवा
५. डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने
६. डेलिभरी लिएको सवारीमा तँपाईको आफ्नै ट्रयाकिङ्ग पृष्ठहरु
७. डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने
८. यस एप मार्फत प्रत्यक्ष अर्डर गर्न सकिने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।