केन्द्रीय बैंकले सरकारी पैसा खिच्न मौद्रिक औजार प्रयोग नगर्दा घट्यो ब्याजदर, ३ बैंकको अझै ११% माथि

0
Shares

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा, निक्षेप संकलन वा रिभर्स रिपो जारी नगरेपछि बैंकहरु ब्याजदर घटाउन बाध्य भएका छन् । बैंकहरुले सरकारी पैसाबाट ब्याज आम्दानी गर्न खोजेको भएपनि केन्द्रीय बैंकका कारण ब्याजदर घटाउन बाध्य भएका हुन ।

बैंकहरुले सरकारी पैसालाई निक्षेपमा गणना गरेर अधिकतम तरलता देखाउँदै केन्द्रीय बैंकमार्फत ब्याज आम्दानी गर्न खोजेका थिए । स्थानिय तहको सञ्चितिलाई ६० प्रतिशतसम्म निक्षेपमा गणना गरेदेखि बैंकहरुले त्यसबाट ब्याज आम्दानी गर्न खोजेका थिए । त्यसका लागि बैंकहरुले अधिक तरलता भएको र अन्तर बैंक दर समेत मौद्रिक नीतिमा तोकिएको सीमा भन्दा तल आएको भन्दै निक्षेप संकलन, रिभर्स रिपो वा स्थायी निक्षेप संकलन सुविधा प्रयोग गर्न दबाब दिदै आएका थिए ।

केन्द्रीय बैंकले सरकारी पैसालाई बैंक मार्फत आउँदा ब्याज दिनुपर्ने भएपछि अधिक तरलता खिच्नका लागि प्रयोग हुने मौद्रिक औजारहरु जारी नै गरेन । केन्द्रीय बैंकले यसलाई अवसरको रुपमा प्रयोग गर्दै आन्तरिक ऋण संकलन गर्ने औजारको निष्कासन बढायो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि छुट्याएको मध्ये केही पहिलो त्रैमासमा नै संकलन गरेको छ ।

बैंकहरुले सरकारलाई ब्याज घटाउन मद्दत पुग्ने भन्दै स्थानिय तहको सञ्चितिलाई निक्षेपमा गणना गर्न दिन भनेका थिए । तर, सरकारले उक्त सुविधा बैंकहरुलाई दिएको भएपनि असोज महिनामै पनि ब्याजदर बढाएका थिए । केन्द्रीय बैंकले अधिकत तरलता नखिच्ने, कर्जाको माग नबढ्ने भएपनि बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाउन बाध्य भए ।

कात्तिक महिनाका लागि अधिकांस बैंकहरुले ब्याजदर घटाएको भएपनि नेपाल एसविआई बैंकर एनएमबी बैंकले भने बढाएका छन् । बैंकहरुले ब्याजदर घटाउने प्रतिस्पर्धा गरेको भएपनि कात्तिक महिनामा ३ बैंकहरुमा निक्षेप राख्दा ११ प्रतिशत भन्दा धेरै ब्याज पाइने अवस्था छ । कात्तिक महिनाका लागि हिमालयन, एनआइसी एसिया र एनएमबी बैंकबमा व्यक्तिगत निक्षेप राख्दा ११ प्रतिशत भनदा धेरै ब्याज पाइन्छ । कात्तिक महिनाका लागि ४ बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन भने बाँकी १४ बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन ।

असोज महिनाको तुलनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर व्यक्तिगत ९.९६४२५ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ७.८५३२५ कायम भएको छ । यो औसत ब्याजदर आसोज महिनाको तुलनामा व्यक्तिगत ०.२९९८ र संस्थागत ०.३३५८ प्रतिशत विन्दुले घटेको हो । असोज महिनाका लागि बैंकहरुको औसत व्यत्तिगत निक्षेपको ब्याजदर १०.२६४०५ र संस्थागत ८.१८९०५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले तरलता नखिचेपछि ब्याजदर घटाउने दबाबमा बैंकहरु

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।