स्वावलम्बन लघुवित्तको लाभांश घट्यो, कति दिँदैछ ?

0
Shares

स्वावलम्बन लघुवित्तले अघिल्लो आर्थिक वर्षभन्दा घटाएर लाभांश प्रस्ताव गरेको छ । लघुवित्त कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आवको तुलनामा १०.१२७५ प्रतिशत बिन्दुले थोरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद गरी कुल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा चुक्ता पुँजीको १२.३५९९ प्रतिशतले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६५०५ प्रतिशतले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ नगद लाभांश रहेको छ ।

अघिल्लो आव २०७८।७९ बाट लघुवित्तले चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आर्थिक वर्ष २०७९–८० बाट प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । प्रस्तावित १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँ बराबरको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।