समता एजुकेसनलाई सिटिजन लाइफको पाँच लाख सहयोग

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक उत्सवको अवसरमा समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउनडेशनले सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जिल्लामा करीब ४० हजार विद्यार्थी सहित ८३ वटा समता विद्यालय सञ्चालन गरीरहेको छ । समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ । कम्पनीले आज अध्यक्ष प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काले फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

सिटिजन लाइफले गरेको सहयोगले समतालाई छात्रवृती अक्षय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्थिक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ । साथै १ हजार ७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।

यसका साथै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, र्याली, रक्तदान कार्यक्रम समेत गरेको छ ।

यसका साथै कम्पनीले सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि सीपमूलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केहि व्यक्तिहरुलाई सेतो छडी वितरण लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।