सुनको भाउले तोड्यो रेकर्ड, अब एक तोला सुन किन्न १ लाख १५ हजार ५०० खर्चिनुपर्ने


आज शुक्रबार फेरि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । नेपालमा यो हालसम्मकै उच्च मूल्य हो ।

आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।