दशैं तिहारको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने


दशैं तिहारको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको छ । नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको हो ।

नेपाल पे इन्स्ट्यान्ट मार्फत ग्राहकहरुले बैंक÷वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेट अइपिएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ । हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेट अइपिएस बैंकका मोबाइल बैंकिङ्ग एपहरु तथा सेलपे , हाम्रो पे र कोरु लगायतका वालेटहरुमा उपलब्ध रहेको छ ।

नेपाल पे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुवाल प्राइभेट एड्डेस (भिपिआइ) को आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ । ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सकिन्छ र यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन । नेपाल पे इन्स्ट्यान्ट मार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ्ग एप वा वालेट वा कनेट अइपिएस बाट ट्रान्स्फर गर्न सक्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।