रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

0
Shares

लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।

यस दशैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । र साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।