बेलिङघम चम्कँदा बार्सिलोनामाथि रियल म्याड्रिडको पुनरागमन जित


स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि रियल म्याड्रिडले पुनरागमन २-१ गोलको जित निकालेको छ ।

शनिबार बार्सिलोनामा भएको खेलको छैटौं मिनेटमा गुन्डोगनको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो । रियलका लागि बेलिङघमले ६८ मिनेटमा बराबरी गोल फर्काए । बेलिङघमले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अर्को गोल गर्दा रियलले रोमाञ्चक जित निकाल्यो । उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए ।

२० वर्षीय इंग्लिस मिडमिल्डर बेलिङघमले सिजनमा क्लब तथा देशका लागि १६ खेलमा १३ गोल गरिसकेका छन् । जितसँगै अंक तालिकाको शीर्ष टिम रियलले ११ खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानको बार्सिलोनाको २४ अंक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।