भारतमा प्याजको मूल्य वृद्धि, किलोको ८० पुग्यो


भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच प्याजको भाउ बढेको हो ।

राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।

नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको जनाएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।