दशैंका लागि ल्याएका खसी र च्याङ्ग्राको मूल्य घटाउँदा पनि नबिकेपछि विकल्प खोज्दै


दशैंका लागि ल्याएका खसी र च्याङ्ग्राको मूल्य घटाउँदा पनि नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अर्काे विकल्प खोजेका छन् ।

यसपाली दशैंको लागि ल्याएका २२ सय खसी, बोका र च्याङ्ग्रा मध्ये अझै तीन सयको हाराहारीमा कम्पनीमै छन् । कम्पनीको थापाथली स्थिति कार्यालयमा ती खसी, बोका र च्याङ्ग्रालाई अझै बिक्रीमा राखेको छ । तर दशैं अघि जस्तो बिक्री भने छैन । कम्पनीले दशैं अघिको मूल्यमा थप सहुलियत दिँदा समेत ती खसी, बोका र च्याङ्ग्रा नबिकेपछि अहिले कम्पनी के गरि तिनलाई व्यवस्थापन गर्ने भन्ने विकल्प खोजिरहेको छ । अब तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर बिकल्प खोजिरहेका छौं,” कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदीले भनिन्।

न्यौपानेका अनुसार अहिले थपाथलीमा ३० वटा खसी र बोका छन् भने अरु सबै च्याङ्ग्रा छन् । यसपाली च्याङ्ग्राको माग कम भयो । जस कारण च्याङ्ग्रा बढी बिक्री भएनन् । बिक्री नभएको कारण दशैं लगत्तै कम्पनीले मूल्य समेत घटाएको थियो । खसीको मूल्य ६७० रुपैयाँ प्रति किलोबाट घटाएर ६०० मा झारिको थियो भने च्याङ्ग्राको मूल्य घटाएर ११६० रुपैयाँ तय गरिएको छ । तै पनि बिक्री हुन सकेका छैनन् ।

दशैंमा उपभोक्ताको क्रय शक्ति कमजोर हुनु र अरु व्यवसायीले समेत खाद्य कम्पनीले निर्धारण गरेको मूल्यमै बिक्री गरेका कारण पनि खाद्य कम्पनीका खसी बोका बिक्री नभएका हुन् । अर्को तर्फ कम्पनीले निर्धारण गरेकै मूल्यमा स्थानीले आफ्नै छेउमा सोही मूल्यमा पाएका कारण पनि धेरै मानिस खाद्य कम्पनी पुगेनन् । खाद्य कम्पनी भन्दा बाहिरका व्यवसायीले समेत यस पटक सस्तैमा खसी बोका सल्टाएर घर फर्कनु पर्ने अवस्था आएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।