ओम मेगाश्री फर्मास्यूटिकल्सद्वारा हकप्रद बापतको रकम जम्मा गर्न अनुरोध

0
Shares

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले विद्यमान सेयधनीहलाई हकप्रद सेयर खरीद बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले हाल कायम सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत (१ः०.२ अनुपात) मा हकप्रद सेयर बिक्रीको स्वीकृति पाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता सेयरबापतको रकम जम्मा गर्न सेयरधनीहरूलाई अनुरोध गरेको हो ।

कम्पनीको कार्तिक १ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३५ करोडको २० प्रतिशतले हुन आउने ७ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो । सेयरधनीले हकप्रद वापतको रकम प्रभु बैंकको खाता नम्बर ००१००८२६७१८०००१४ मा जम्मा गरी सो को सक्कल भौचर कम्पनीमा पेश गर्न सूचीत गरेको छ । हकप्रद सेयर खरीद बापतको रकम ३५ दिनभित्र जम्मा गर्न कम्पनीले भनेको छ ।

तोकिएको समयसीमाभित्र रकम जम्मा नगरेको खण्डमा वा सेयर बिक्री गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेबमोजिम अन्य व्यक्ति वा कम्पनीलाई सेयर विक्री गरिने समेत कम्पनीले स्पष्ट पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।