सामुदायिक र बिपिडब्लु लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।
अन्तिम सम्झौता भएसँगै अब अब नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिपछि दुई संस्थाले एकीकृत कारोबारको मिति तय गर्नेछन् ।

दुई लघुवित्त संस्थाबीच १ बराबर ०.८५३५ को अनुपातमा मर्जरका जाने अन्तिम सम्झौता भएको हो । दुई लघुवित्तबीच २०७९ साल पुस १ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । यस्तै नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ३ गते दुई कम्पनीहरूलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले २०८० जेठ दोस्रो साता सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम पूर्वस्वीकृति दिएको थियो ।

हाल सामुदायिक लघुवित्तको चुक्ता पुँजी १४ करोड ५२ लाख रूपैयाँ र बिपिडब्लु लघुवित्तको ३ करोड रूपैयाँ रहेको छ । मर्जरपछि एकीकृत संस्थाको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँ बढी पुग्नेछ ।

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त वित्तीय संस्था दुबैले आईपीओ जारी गरिसकेका छन् । यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।