अपि पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ १५१ रूपैयाँ १० पैसा

0
Shares

अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट बिक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक ३ गते बाँडफाँड गरेको हो ।

अपि पावरको अवितरित हकप्रद सेयरको कटअफ मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्दा वितरण हुन नसकेको उक्त सेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोलिएको थियो ।

अवितरित हकप्रद सेयर बाँडफाँडमा नपरेको रकम कात्तिक १० गते शुक्रबारदेखि फिर्ता भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले असार २१ गतेसम्म कायम सेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्ता पुँजीको आधारमा १ बराबर ०.४० को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अवितरित सम्पूर्ण कित्ता हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँ कायम भएको छ । हकप्रदबाट संकलित रकम ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि उपयोग हुनेछ ।

धितोपत्र दोस्रो बजारमा सोमबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६९ रूपैयाँ ९० पैसामा खरिद बिक्री भैरहेको छ । कम्पनीले बिक्री गरेको हकप्रद सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।