सेयर बजारमा मन्दी‚ दैनिक कारोबार ७० करोडमुनि झर्‍यो

0
Shares

सेयर बजारमा मन्दी देखिएको छ । पछिल्लो समय वियरिस प्रवृत्तिमा रहँदै आएको सेयर बजारमा पछिल्ला दिनमा कारोबार रकम मात्र नभई कारोबार कित्ता र कारोबार संख्या समेत निरन्तर घट्दो क्रममा देखिएको हो । दसैंपछिको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन २८ अंकको भारी गिरावट आएको बजारमा भोलिपल्ट भने कारोबारको अन्तिम समयमा ३.०४ अंकको झिनो वृद्धि सहित बन्द भएको हो ।

आजको बजारमा २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता सेयर ३० हजार २३७ वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार २८३ कम्पनीका २७ लाख १२ हजार १२३ कित्ता सेयर ३४ हजार ९० वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ७४ करोड २९ लाख २५ हजार बराबर थियो ।अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५ करोडले घटेको हो ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये तीन वटा क्रमशः उत्पादन तथा प्रशोधनमुलक ०.८० प्रतिशत, होटल तथा पर्यटनमुलक ०.४२ प्रतिशत, र म्युचुअल फन्ड ०.४६ प्रतिशत घटेको छ भने बाँकी दशवटा सूचक बढेको छ । निर्जीवन बीमाको सूचक सर्वाधिक ०.८६ प्रतिशतले बढेको बजारमा ब्यापार ०.८१ प्रतिशत, फाइनान्स ०.८० प्रतिशत र विकास बैंक ०.७४ प्रतिशतले बढेको छ ।

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन नकारात्मक सर्किट लागेर प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसामा झरेको छ । अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेर घटेको हो । आज कम्पनीको ११ हजार ५५७ कित्ता सेयर ३२ लाख ७९ हजार ३०१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी यस्तै विन्दवासिनी हाइड्रोपावरको ६.६७ प्रतिशत, अपर सोलु हाइड्रोको ६.५८ प्रतिशत, लक्ष्मी उन्नति कोषको ४.२९ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ को सेयरमूल्यमा ३.९२ प्रतिशतको गिरावट आएको हो ।

कारोबारमा आएका कम्पनीहरुमा पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले बढेको छ । यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.८९ प्रतिशत, सुपर माई हाइड्रोपावरको ५.२६ प्रतिशतले बढेको छ । यस्तै आज पाँच कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशतले वृद्धि भएको हो । जसअन्तर्गत इर्मजिङ नेपालको ४.५० प्रतिशत, छ्याङदी हाइड्रोपावरको ४.४८ प्रतिशत, रिभर फल्स हाइड्रोपावरको ४.२७ प्रतिशत, जोशी हाइड्रोपावरको ४.१३ प्रतिशत र हिमालयन उर्जाको ४.०३ प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा आज साधना लघुवित्तको प्रमोटर सेयर ३ करोड ६० लाख ७४ हजारको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको प्रमोटर सेयर २ करोड ९० लाख, नबिल बैंकको २ करोड ३० लाख र नेशनल हाइड्रोपावरको १ करोड ५३ लाख बराबरको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीहरुमा सिद्धार्थ बैंकको प्रमोटर सेयर सर्वाधिक २ लाख कित्ता कारोबार भएको छ । दोस्रो स्थानमा एनआइसी एसिया फ्लेक्सी क्याप फन्डको १ लाख ९३ हजार ४०० कित्ता कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको १ लाख १७ हजार ४०६ कित्ता, साधना लघुवित्तको प्रमोटर सेयर १ लाख १७ हजार ४०६ कित्ता र प्रभु स्मार्ट फन्डको १ लाख १ हजार ६०० कित्ता कारोबार भएको हो ।

सोमबारको गिरावटपछि कुल बजार पुँजीकरण २८ खर्ब ९४ अर्ब १ करोड ५४ रुपैयाँमा समेटिएको छ । सोमबार बजार पुँजीकरण १४ अर्ब ३७ करोड ९३ लाख रुपैयाँले बढेको हो । आइतबार कुल बजार पुँजीकरण २८ खर्ब ७९ अर्ब ६३ करोड ६१ लख रुपैयाँमा रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।