नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति

0
Shares

नेपाल राष्ट्र बैंकले नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जका लागि अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकले कार्तिक ३ गते शुक्रबार मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको जनाएको हो । यी दुई लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुवै लघुवित्तको गत वैशाख १० गते आयोजित विशेष साधारण सभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ।

दुई लघुवित्त कम्पनीबीच एक बराबर एक कित्ता (१ः१ अनुपात) सेयर स्वापमा मर्ज हुने सहमति छ । मर्जरपश्चात बन्ने संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।

संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३ मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यकाभित्र रहने छ ।

आजको अन्तिम कारोबार अनुसार नेरुडे लघुवित्तको सेयर मूल्य ५४२ रुपैयाँ रहेको छ भने मिर्मिरे लघुवित्तको सेयर मूल्य ५७९ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।