धितोपत्र बोर्डले मुद्दती निक्षेप राख्न माग्यो वाणिज्य बैंकसँग प्रस्ताव

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खाता निक्षेप लगानी गर्न मा लगानी गर्ने भएको छ ।

बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम एक वर्षका लागि मुद्दती खातामा लगानी गर्न सेबोनले वाणिज्य बैंकसँग ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

इच्छुक बैंकले कात्तिक १९ गते आइतबार कार्यालय समयभन्दा एक घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजात सहित ब्याजदर प्रस्ताव गर्न सक्ने सेबोनले अनुरोध जनाएको छ ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपराह्न ४ः१५ बजे बोर्डको कार्यालय ललितपुर खुमलटारमा खोलिने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।