एलआईसी र एनएलजी इन्स्योरेन्सले मागे ३ अर्ब ३० करोड बढीको हकप्रद बिक्री अनुमति

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ३० करोड मूल्यको ३ करोड ३० लाख कित्ता बढी हकप्रद सेयर बिक्रीको अनुमति माग्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।

सेबोनका अनुसार एलआईसी नेपालले असोज २९ गते सोमबार चुक्ता पुँजीको ८८.४५ प्रतिशत तथा एनएलजी इन्स्योरेन्सले कार्तिक २ गते बिहीबार चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन् ।

एलआईसीले विद्यमान सेयरधनीका लागि चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको १ः०.८८४५१६८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख मूल्यको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको छ ।

यसैगरी एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७६ हजार रुपैयाँको १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ मूल्यको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको छ ।

एलआईसीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग तथा एनएलजी इन्स्योरेन्सको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

एलआईसी इन्डियाको आधाभन्दा बढी लगानी रहेको एलआईसी नेपालले कागजी प्रकृया पूरा गर्न नसक्दा ढिलो गरी मात्र हकप्रद बिक्रीको अनुमति मागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।