मिर्मिरे लघुवित्तको एफपीओ १३ लाख ९ हजार जनाले पाएनन्

0
Shares

मिर्मिरे लघुवित्तको थप नयाँ निष्कासन (एफपीओ) मा आवेदन गरेका १३ लाख ९ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार सर्वसाधारणमा माग भएको सेयर संङ्ख्याको ११९.७८ गुणा बढी आवेदन परेका कारण अधिकांश सेयरधनीले सेयर नपाएका हुन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा कुल १२ लाख हजार ३८१ जनाले मात्र एफपीओ हात पारेका हुन् । जसमध्ये १२ हजार ३७५ जनाले १० कित्ता, ५ जनाले ११ कित्ता र एक जनाले ११.४५ कित्ता सेयर हात पारेका हुन् ।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ खरिदका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो । जसमा कुल १३ लाख २१ हजार ५३६ आवेदन मार्फत १ करोड ४८ लाख ४८ हजार ६० कित्ताको माग भएको थियो । जसमध्ये १ हजार ३३३ वटा आवेदन मार्फत परेको १६ हजार ७८० कित्ताको माग रद्द भएको हो । १३ लाख २० हजार २०३ आवेदनबाट परेको १ करोड ४८ लाख ३१ हजार २८० कित्तालाई सदर गरी बाँडफाँडमा सहभागि गराइएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशनमा ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।