दश वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट


नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण आयोजना भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल छनोट भएको हो ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । अर्को खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले ५१ बलमा सर्वाधिक ६३ रन बनाए । उनले दुई छक्का र ६ चौका प्रहार गरेका थिए ।  यस्तै २० बल खेलेका कप्तान रोहित कुमार पौडेलले एक छक्का र तीन चौका सहित ३५ रन बनाउन सके । त्यस्तै गुल्सन झाले ३चौका सहित २२ रन जोड्दा कुशल भुर्तेलले दुई चौका सहित ११ रन जोडेका हुन् ।

युएईलाई रोक्न नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।