ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्ने छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया