होटल फरेष्ट इनले माग्यो आईपीओ निष्कासन अनुमति

0
Shares

होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन ( आईपीओ) बिक्री गर्न अनुमति मागेको छ ।  कम्पनीले आईपीओ निष्कासनका लागि कात्तिक १५ गते बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । सेबानबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधारणमा ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीको यसअघि कात्तिक ११ गते बसेको विशेष साधारणसभाबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गरेको थियो ।

कम्पनी काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारीमा छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।