आरएसडिसी लघुवित्तले तोक्यो बुकक्लोज

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणर साधारण सभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

अगामी मंसिर १५ गते आह्वान गरिएको दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बिहीबार बुकक्लोज गर्ने जनाएको हो । बुकक्लोज अनुसार मंसिर ६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहन आउने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १५ गते निर्णय गरेको हो । सभाले ८ दशमलव ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले चुक्ता पुँजीको ९.०५२६५ ले हुन आउने कुल ७ करोड ८७ लाख १८ हजार ८०५ रुपैयाँ ४९ पैसा लाभांश वितरण गर्नेछ । जसमध्ये चुक्ता पुँजीको ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५ रुपैयाँ २२ पैसा बोनस सेयर र ०.४५२६५ दरले हुन आउने ३९ लाख ३५ हजार ९४० रुपैयाँ २७ पैसा नगद लाभांश रहेको छ । हाल लघुवित्त कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ २० पैसा पुग्नेछ ।

त्यस्तै सोही सभाले बोनश सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको संस्थापक तथा सर्वसाधारण सभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।