पाँचौं कारोबार दिनमा बढ्यो नेप्से, १८२६ अंकसम्म झरेपछि फर्कियो सेयर बजार

0
Shares

सेयर बजार परिसूचक लगातार चार दिनमा ५२.४४ अंकले घटेर १८२६ बिन्दुसम्म झरेपछि पाँचौं कारोबार दिनमा फर्किएको छ । सोमबार २१.२३ अंकले बढेर बजार सूचक १८४७.५४ बिन्दुमा पुगेको हो ।

आजको बजारमा बजारमा २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ४७ हजार २३१ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार ९७ करोड २३ लाख ६७ हजार २७९ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमा हरियाली छाएको छ । जसमध्ये होटल तथा पर्यटनमुलक ३.७३ प्रतिशतले बढेको छ भने ब्यापार २.७४ प्रतिशत र निर्जीवन बीमा २.३६ प्रतिशतले बढेको छ । यसैगरी अन्य १.९८ प्रतिशत, लगानी र उत्पादन तथा प्रशोधनमुलक समान १.३८ प्रतिशतले बढेको छ ।सोमबारको बजारमा जलविद्युत १.३५ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, जीवन बीमा १.१९ प्रतिशतले बढेको छ । बाँकी एक प्रतिशतभन्दा कम घटेको छ ।

चालु आवको पहिलो त्रैमासमा अधिकांश बैंकहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको छ । इम्पेयरमेन्ट चार्जबापत बैंकहरूले ठूलै रकम छुटयाउनुपरेको छ । प्रथम त्रैमासमा बैंकहरूले नाफा बढाउन नसक्दा त्यसको असर पनि सेयर बजारमा परेको छ । यसले सेयर बजारमा पछिल्लो समय थप गिरावट आएको थियो । उच्च अंकको गिरावटपछि नेप्सेले बाउन्स ब्याकको लय समातेको हो ।

यसैगरी सोमबार कारोबार रकमका आधारमा सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाख २० हजार राबरको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ५ करोड ६२ लाख ३ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट नेपालको ३ करोड ७८ लाख ३९ हजार रुपैयाँ, हिमालयन बैंकको संस्थापक सेयर ३ करोड ५८ लाख ४८ हजार र मञ्जुश्री फाइनान्सको २ करोड ३९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशतले बढेर ३६५ रुपैयाँ ८० पैसा पुगेको छ । केही समयअघि प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गरेको कम्पनीका लगानीकर्ताले कुस्त नाफा आर्जन गरेका छन् ।  यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९६ प्रतिशत,आशा लघुवित्तको ६.१६ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ५.८८ प्रतिशत, माइखोला हाइड्रोापावरको ५.८२ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेर ६३७ रुपैयाँमा झरेर कारोबार बन्द भएको छ । वीन नेपाल लघुवित्तको ३.९९ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ३.९१, एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाईमूल्य ३.०१ प्रतिशत र मायाखोला हाइड्रोापावरका लगानीकर्ताले आजको बजारबाट २.४० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार संख्याको आधारमा सोनापुर मिनरल्स सिमेन्टको सबैभन्दा धेरै १३ हजार ९१२ वटा कारोबार भएको छ ।कारोबार कित्ताका आधारमा हिमालय बैंकको संस्थापक सेयर २ लाख ८६ हजार ७९० कित्ता सेयर खरिद बिक्री भएको छ ।

सोमबारको बढाेत्तरीपछि कुल बजार पुँजीकरण ३२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँले बढेर २८ खर्ब ४६ अर्ब १ करोड १२ लाख रुपैयाँमा समेटिएको छ । आइतबारको बजार पुँजीकरण २८ खर्ब १३ अर्ब १९ करोड २७ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।