लुम्बिनी विकास बैंकको संस्थापक सेयरमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने


लुम्बिनी विकास बैंकले २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिल बहादुरको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता सेयर र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् । बैंकले यसअघि असोज ११ गते संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री खुलाएको थियो ।

संस्थापक सेयरधनीबाट आवेदन नआएको भन्दै बैंकले उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ताले सेयर खरिद गर्नको लागि आज कात्तिक २१ गतेदेखि १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।