ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशत छुट


ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार रुपैयाँ सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा २ हजार ५०० सय रुपैयाँ सम्म छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।