दराज ११ः११ मा सानिमा बैंकको विशेष छुट

0
Shares

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज ११ः११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सोे योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ । सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।