गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि १ करोड सहयोग


गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्पपीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दैआएको, विशेष गरि कोरोना महामारीर २०७२ को महाभूकम्पपछि कर्पोरेटहरूमध्येबाट सबैभन्दा ठूलो सहयोगगरेको उल्लेख गरे ।

यसब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत,खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।