भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पमा प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

महासंघले भूकम्प प्रभावित क्षेत्रमा निरन्तर राहत सामग्री वितरण गरिरहेको छ । हालसम्म महासंघले करिब २२ लाख रुपैया बराबरको राहत सामाग्री हस्तान्तरण गरिसकेको छ ।

महासंघ कर्णाली च्याप्टर मार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरेको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको थियो ।

संघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।