बुधबार अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ५४ पैसा


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७७ पैसा र बिक्री दर १६३ रुपैयाँ ५१ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४० पैसा र बिक्री दर ८५ रुपैयाँ ७९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा र बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्री दर १० रुपैयाँ १७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।