बोटलर्स नेपाल तराईले ६०% लाभांश बाँड्ने

0
Shares

बोटलर्स नेपाल तराई लिमिटेडले प्रतिसेयर ६०रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रति सेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनी सचिव प्रतिमा बर्माले जानकारी दिइन् ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र कम्पनीले लगानीकर्ताले पाउनेछन् । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्ताे छ बोटलर्स नेपाल तराई लिमिटेडको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 0.00 60.00 60.00
2 2074/2075 0.00 40.00 40.00
3 2073/2074 0.00 25.00 25.00
4 2071/2072 0.00 25.00 25.00
5 2070/2071 0.00 22.00 22.00
6 2068/2069 0.00 85.00 85.00
7 2067/2068 0.00 55.00 55.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।