निर्धन उत्थानको खराब कर्जा १२% माथि, १४ करोड ३० लाख नोक्सानीमा

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खराब कर्जा अनुपात १२.३५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ७.१४ प्रतिशतमा रहेको लघुवित्तको खराब कर्जा ५.२१ प्रतिशत बिन्दुले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले खराब कर्जा बढेसँगै इम्पेरिमेन्ट चार्ज ३८ करोड ८० लाख ५७ हजार रुपैयाँ व्यवस्था गरेको छ । गत आवको सोही अवधिमा २६ करोड ९२ लाख ९९ हजार थियो ।

लघुवित्तको खुद नाफा १४ करोड बढी ऋणात्मक बनेको छ । असोज मसान्तसम्ममा लघुवित्त १४ करोड ३० लाख रुपैयाँ १० हजार रुपैयाँ नोक्सानीमा छ । गत आवको सोही अवधिमा लघुवित्तले ३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पुँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर आम्दानी २१ रुपैयाँ ९० पैसा ऋणात्मक छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा छ ।

असोज मसान्तसम्ममा लघुवित्तले २२ अर्ब ६६ करोड ३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन तथा सापटीबाट २३ अर्ब २९ करोड ३७ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४८ करोडबाट १०.४१ प्रतिशत घटेर ४३ करोड ७९ हजारमा झरेको छ । यस्तै सञ्चालन नाफा ४ करोड ६५ लाख मुनाफााट १४ करोड ३३ लाख ७४ हजार नोक्सानीमा पुगेको छ ।

लघुवित्तको जगेडा कोषको आकार २।३५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको रिटेर्न अर्निङ्गमा ९ करोड ३३ लाख रुपैयाँ मात्र सञ्चित छ । लघुवित्तको कष्ट अफ फन्ड ८.०३ प्रतिशत र आधारदर १२.७१ प्रतिशत छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।