शौर्य सिमेन्टले “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०” आयोजना गर्ने

0
Shares

शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेश लाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/ फेसबुक पेजको क्युआर कोड स्कान गरी फारम भरी बुझाउन पर्नेछ ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/ न.पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उनीहरुले बनाएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ उपलब्ध गराईने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।