हिमालयन बैंकले भूकम्प पीडितलाई गर्‍यो २१ लाख सहयोग


भूकम्प पीडितहरूलाई हिमालयन बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलङ्गा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबर सहयोग गरेको हो।

बैंकले राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ । यही कात्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६।४ रेक्टरको भूकम्प गएको थियो । जसबाट जाजरकोट खलङ्गा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

बैंकले अत्यावश्यक खाद्यान्न दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलङ्गा र जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।