आजको विदेशी मुद्राको विनिमयदर कति छ ?


नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ ।

त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८० पैसा र बिक्रीमा ८ रूपैयाँ ८३ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३३ पैसा र बिक्रीदर २८ रूपैयाँ ४६ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।