शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान

0
Shares

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले मंसिर २३ गते शनिबार बैंकको १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कार्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड एण्ड होटल प्रालि मणिग्राम रुपन्देहीमा सभा बोलाइएको छ ।

सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर (४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ) र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत (२ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभाले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

सभाबाट गत आव २०७९-८० को नाफा नोक्सान सहितको वार्षिक वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ११ गते सोमबारदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार मंसिर १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।