एनएमबि डेबिट कार्डमा २०० सम्म क्यासब्याक अफर


एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजारको न्यूनतम भुक्तानी गर्नु पर्नेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।