छिमेक लघुवित्तको नाफा ३३ प्रतिशतले घट्यो, EPS मा २५ रुपैयाँ ४४ पैसा गिरावट

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.८० प्रतिशतले घटेको छ । पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको सोही अवधिमासम्ममा कम्पनीले ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेर इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको खुद मुनाफामा असर पुगेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ रहेको छ ।  चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर आम्दानी ३१ रुपैयाँ २० पैसा छ । गत आवको यसै अवधिमा ५६ रुपैयाँ ६४ पैसा रहेकोमा २५ रुपैयाँ ४४ पैसाले घटेको हो । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७८ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । जसमध्ये १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ रिटेर्न अर्निङ्ग रहेको छ ।

असोजसम्म लघुवित्तले ३५ अर्ब ८ करोड ६० लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै यस अवधिमा लघुवित्तले निक्षेप तथा सापटीबाट ३१ अर्ब ८२ करोड १६ लाख ५५ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १.५६ प्रतिशत घटेर ७२ करोड ८४ लाख १० हजार रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा ४६ करोड ६९ लाख ५९ हजार रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२.९७ प्रतिशत घटेर ३१ करोड ३० लाख १५ हजार रुपैयाँमा सीमित बनेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा बढेर २.२८ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ०.८१ प्रतिशत मात्र थियो । खराब कर्जा बढेसँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १० करोड ८३ लाख ६१ हजार रुपैयाँ छुट्याएको छ ।

लघुवित्तको प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ ६४ पैसा, कष्ट अफ फन्ड ८.८१ प्रतिशत, अधारदर १३.७४ प्रतिशत र मूल्य आम्दानी अनुपात २९.३९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।