आइतबार सुन-चाँदीको भाउ कति छ ?


नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ स्थिर बनेको छ । शुक्रबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कायम रहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।