माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

यो बैंकको असोज १८ गते बसेको २५ औं साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।