धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेको मंसिर ५ गतेको निर्णयानुसार लघुवित्तको धितोपत्रको कारोबार फुकुवा गरिएको हो ।

धौलागिरी लघुवित्तले आ.व. २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध गराएको थिएन । उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्रको कारोबार मंसिर ५ गतेको निर्णय अनुसार फुकुवा गरेको हो ।

कम्पनीले मंसिर ४ गते नेप्से समक्ष सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिबद्धतापत्र व्यक्त गरेपछि नेप्सेले सचेत गराउदै धितोपत्रको कारोबार फुकुवा गरिएको जनाएको छ ।

सेयर मूल्यमा प्रभाव पार्ने लाभांश घोषणा सम्बन्धी सूचना कम्पनीले ढिला सार्वजनिक गरेपछि नेप्सेले स्पष्टिकरण सोध्दै सेयर कारोबार रोक्का गरेको थियो । लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी नेप्से समक्ष समयमा उपलब्ध नगराएकोले सो कम्पनीलाई कारण सहितको स्पष्टिकरण ३ दिन भित्र पेस गर्न नेप्सेले निर्देशन दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।