आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजनपछि बढ्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजनपछि बढेको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजनको भएको सेयर मूल्यमा बिहीबार १२रुपैयाँ ५ पैसाले वृद्धि भएको हो ।

बुधबार ८.६० प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य ४८७ रुपैयाँ ७५ पैसा तोकेको थियो । बिहीबार २.४७ प्रतिशतले भाउ बढ्दै कम्पनीके मूल्य ४९९ रुपैयाँ ८० पैसा पुगेको हो ।

बुधवार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुला भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मङ्सिर ७ गते बुकक्लोज गरेको हो । लाभांश पारित गर्न कम्पनीले मङ्सिर१५ गते शुक्रबार दशौं वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।