आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलामा कति ?


बुधबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।