सत्र हजार ८४५ आवेदकले हात पारे उन्नति सहकार्यको एफपीओ

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ९ बजे लघुवित्तको एफपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको एफपीओ १७ हजार ८४५ जनाले मात्र हात पारेका छन् । जसमध्ये १७ हजार ८४४ जनाले १० कित्ता प्राप्त गरेका छन् भने एक जनाले १०.१८ कित्ता र एक जनाले ११ कित्ता सेयर हात पारेका छन् ।

सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ता छनोट गरिएको हो । एफपीओमा आवेदन गरी सेयर पाउन योग्य स्वीकृत आवेदन सङ्ख्याको ९८.३३ प्रतिशत अर्थात १० लाख ५४ हजार ५९८ जनाको हात खाली भएको छ ।

कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको थियो ।

सो सेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदनबाट १ करोड १७ लाख २४ हजार ४४० कित्ताको माग आवेदन परेको थियो । जसमध्ये रितपुर्वक नपरेका कारण ३२५ आवेदनबाट माग भएको ३ हजार ५८० कित्ताको माग रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । एफपीओ बाँडफाँडमा १० लाख ७२ हजार ४४३ आवेदनबाट माग भएको १ करोड १७ लाख २० हजार ८६० कित्ताको माग स्वीकृत गरी बाँडफाँडमा सहभागि गराइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।