उन्नति सहकार्यको एफपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँडको नतिजा प्रकाशन भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले नतिजा हेर्नका लागि नै विकास गरेको वेबसाइट, मेरो सेयरको एप्लीकेशन रिर्पोट र एफपीओ निष्कासनकर्ता कम्पनी उन्नति सहकार्य लघुवित्तको वेवसाइट मार्फत समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिनेछ ।

एफपीओ बिक्री प्रबन्धकको कार्यालयमा शुक्रबार बिहान ९ बजे लघुवित्तको बाँडफाँड भएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको एफपीओ १७ हजार ८४५ जनाले मात्र हात पारेका छन् । जसमध्ये १७ हजार ८४४ जनाले १० कित्ता प्राप्त गरेका छन् भने एक जनाले १०.१८ कित्ता र एक जनाले ११ कित्ता सेयर हात पारेका छन् ।

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी (उन्नति सहकार्य लघुवित्त–एफपीओ) छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि बाँडफाँडको नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । आईपीओ बाँडफाँडको नतिजा सम्बन्धीत सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।