माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ


माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्‍चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

बैंकको गत मंसिर ७ गते बसेको ४९१औँ सञ्‍चालक समितिको बैंठकले केसीलाई सञ्‍चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रहरुमा पनि आवद्ध रहँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।