सात लघुवित्तले गरे लाभांश घोषणा, कसको कति ?

0
Shares

नेप्सेमा सूचीकृत ५५ वटा लघुवित्तीय संस्थाहरुमध्ये मङ्सिर ८ गते शुक्रबार बिहानसम्म ७ वटाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । अझै ४८ संस्थाले लाभांश घोषणा गर्न बाँकी छ ।

गत आर्थिक २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेका सबै लघुवित्तको २० प्रतिशतभन्दा कम लाभांश छ । ग्रामीण विकास लघुवित्तले भने गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । युनिक नेपाल लघुवित्तले सर्वाधिक २०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद प्रस्ताव गरेको छ ।

यसैगरी नेस्डो समृद्ध लघुवित्तले चुक्ता पुँजीको कर सहित १७.९३ प्रतिशत र एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । धौलागिरी लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत तथा समीट लघुवित्तले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट स्वावलम्बन लघुवित्तले चुक्ता पुँजीको १२.३६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी १३.०१ प्रतिशत र आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी ९.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका लघुवित्तमध्ये नेस्डो समृद्धले असोज २६ गते साधारण सभा समेत सम्पन्न गरिसकेको छ भने आरएसडिसी लघुवित्तले मंङ्सिर १५ गते तथा ग्रामीण विकास लघुवित्तले मंङ्सिर ३० गते साधारण सभा आह्वान गरेका छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएसडिसी लघुवित्तले मंङ्सिर ७ गते बुकक्लोज गरिसकेको छ । सेयरधनीको हात खाली पारेको ग्रामीण विकास लघुवित्तले मंङ्सिर १४ गते बिहीबार बुकक्लोज गर्दैछ । बाँकी पाँच लघुवित्तको साधारण सभा तथा बुकक्लोज मिति निर्धारण हुन बाँकी छ ।

Sector-Microfinance Stock Symbol Bonus Cash Total Bookclose AGM
Unique Nepal Laghubitta Bittiya Sanstha Limited UNLB 19.00 1.00 20.00    
NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd. NESDO 0.00 17.93 17.93 Ashoj 18, Thusday Ashoj 26, Friday
NIC Asia Laghubitta Bittiya Sanstha Limited NICLBSL 0.00 15.00 15.00    
Dhaulagiri Laghubitta Bittiya Sanstha Limited DLBS 14.25 0.75 15.00    
Support Microfinance Bittiya Sanstha Ltd. SMB 13.00 0.68 13.68    
Swabalamban Laghubitta Bittiya Sanstha Limited SWBBL 12.36 0.65 13.01    
RSDC Laghubitta Bittiya Sanstha Ltd. RSDC 8.60 0.45 9.05 Mangsir 7,Thusday Mangsir 15, Friday
Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd. GBLBS 0.00 0.00 0.00 Mangsir 14, Thusday Mangsir 30, Saturday

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।