स्वावलम्बन लघुवित्तले सेयरधनीलाई गर्यो यस्तो आग्रह

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई पुरानो नगद लाभांश लिन अुनरोध गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०६३–६४ देखि २०७३–७४ सम्मको नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी सेयरधनीलाई ३५ दिनभित्र पुरानो नगद लाभांश लिन अुनरोध गरेको हो ।

मंसिर ८ गते सूचना प्रकाशित गरेको कम्पनीले ३५ दिनभित्र सेयर प्रमाणपत्रका साथै परिचयपत्र लिई वा उल्लेख्ति आवमा सेयरधनी रहेको तर हाल सेयर बिक्री गरिसकेका सेयरधनीले आवश्यक कागजात सहित कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड सञ्चय कोष भवन ठमेलमा सम्र्पक गर्न भनेको छ ।

साथै आव २०७४–७५ देखि २०७८–७९ सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकमहरु पनि कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटलबाट संकलन गर्न सकिने लघुवित्त कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।